सिरहा । औरही गाउँपालिकामा पनि पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियान सुरु भएको छ ।
औरही गाउँपालिका ५ स्थित श्री सुजमाविमा आज उपाध्यक्ष रेणुकुमारी यादव र वडाध्यक्ष रामपृत यादवले खोप स्वास्थ्यकर्मीलाई हस्तान्तरण गरेर अभियानको शुभारम्भ गरेका हुन् ।
आजबाटै पालिकाको पाँच वटै वडामा खोप अभियान सुरु भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उपेन्द्र यादवले जानकारी दिए । उनका अनुसार कक्षा ६ देखि १० सम्मकी छात्रालाई एचपीभी खोप लगाइनेछ । विद्यालय बाहिर रहेकी १० देखि १४ वर्ष समूहकी किशोरीलाई समेत खोप लगाउनेछ ।
औरही गाउँपालिकामा करिब ८७९ छात्रा र विद्यालय बाहिर रहेकी २८१ किशोरीलाई खोप लगाउने स्वास्थ्य शाखा प्रमुख यादवले बताए । यो अभियान फाल्गुन ६ गतेसम्म सञ्चालन हुनेछ ।