अयोध्याको राम मन्दिरबाट सप्तरीकी २० वर्षीया रोशनी सम्पर्क विहिन


सप्तरी । भारतको उत्तरप्रदेशको महाकुम्भमा सहभागी भएर अयोध्यास्थित राम मन्दिर दर्शन गर्न पुगेकी सप्तरीको राजविराज नगरपालिका ७ की २० वर्षीया रोशनीकुमारी साह सम्पर्क विहिन बनेकी छन् ।

परिवारका सदस्यहरूसँगै रहेपनि मन्दिरको बाक्लो भिडमा मिसिएर गत फाल्गुन ३ मा रोशनी सम्पर्क विहिन बनेको मधेशका मुख्यमन्त्री सतिश सिंहले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । उनका अनुसार सेतो प्रिन्टेड कुर्ता, सेतो स्वेटर लगाएकी गोरो र लामो अनुहारकी रोशनीको उचाइ लगभग पाँच फिट छ ।

रोशनीका विषयमा कतै कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन पनि मुख्यमन्त्री सिंहले अनुरोध गरेका छन् ।

प्रकाशित : २०८१ फाल्गुन १०, शनिबार २२:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ