नेपाल प्रहरीका सहायक हबलदारसहित १० प्रहरी कर्मचारी गायब !


काठमाडौं । नेपाल प्रहरीका एक प्रहरी सहायक हबलदारसहित १० प्रहरी कर्मचारी सम्पर्क विहिन भएका छन् ।

सम्पर्क विहिन बनेका प्रहरीहरुलाई एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरुलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो ।

गैर हाजिर हुनेमा सहायक हबलदार कृष्ण कार्की, प्रहरी जवानहरु रञ्जित श्रेष्ठ, खिमबहादुर केसीलगायतका छन् ।

हेर्नुहोस् पूर्ण विवरण :

प्रकाशित : २०८१ फाल्गुन ११, आईतवार ०८:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ