जनकपुरधामसहित ७ स्थानीय तहमा मेगा किचेन कार्यक्रम, बजेट ५० लाख


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७ प्रदेशको ७ पालिकामा मेगा किचेन सञ्चालन गर्ने भएको छ ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका, मोरङको विराटनगर महानगरपालिका, मकवानपुरको हेटौंडा उपमहानगरपालिका, कास्कीको पोखरा महानगरपालिका, दाङको घोराही उपमहानगरपालिका, सुर्खेतको विरेन्द्रनगर नगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिकामा मेगा मिचेन सञ्चालन हुनेछ ।

मेगा किचेन स्थापना कार्य–सञ्चालन संहिता, २०८१ अनुसार गर्न केन्द्रले निर्देशन दिएको छ । मेगा किचेन भनेको स्थानीय तह भित्रका विद्यालयका विद्यार्थीलाई एकीकृत गरी खाजा खुवाउने कार्यक्रम हो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार मेगा किचेन स्थापना र सञ्चालन सम्बन्धी कार्यक्रम कार्यान्वयन गर्न स्थानीय तहलाई ५० लाखको दरले बजेट तथा कार्यक्रम पठाइएको छ ।

प्रकाशित : 23 February 2025 4:05 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ