जनकपुर उच्च अदालतमा सिन्हा बाबु–छोरीविरुद्ध मुद्दा दायर, झण्डै ५४ करोड बिगो माग


काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले राजस्व चुहावटको आरोपमा बाबुछोरीविरुद्ध मुद्दा दायर गरेको छ । विभागले अशोककुमार सिन्हा र उनकी छोरी निवेदिका सिन्हाविरुद्ध उच्च अदालत जनकपुरमा मुद्दा दायर गरिएको हो ।

विभागका अनुसार अशोक र निवेदिकाविरुद्ध राजस्व चुहावट कसुर गरि सम्पत्ति शुद्धीकरण गरेको हुन सक्ने भन्दै विभागमा उजुरी परेको थियो । सोही आधारमा विभागले अनुसन्धान गर्दा उनीहरूले राजस्व चुहावट गरेर कमाएको रकमको कारोबार नेपालका वित्तीय संस्थाहरूमा खाता खोलेर गरेको पाइएको छ ।

उक्त कसुरबाट प्राप्त रकम उनीहरूले जानीजानी मुद्दती निक्षेपमा जम्मा गरेर सोबाट लाभ लिएको विभागको आरोप छ । अशोकलाई ३४ करोड २४ लाख ३१ हजार र उनकी छोरी निवेदिकालाई १९ करोड ७३ लाख ९९ हजार बिगो कायम गरि मुद्दा दायर गरिएको छ ।

प्रकाशित : 24 February 2025 8:04 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ