भोली बिहान साढे २ बजेदेखि नै पशुपतिनाथको दर्शन गर्न पाईने


काठमाडौं । महाशिवरात्रिका दिन बुधवार बिहान साढे २ बजेदेखि नै पशुपतिनाथको दर्शन गर्न पाइने भएको छ ।

दर्शनका लागि पशुपतिका चारवटै ढोका खुला रहने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले जानकारी दिए । उनका अनुसार, अनुसार बाहिर चारवटा मुख्य प्रवेशद्वार भए पनि भित्र सहायक लाइन हुनेछन् ।

कोटेश्वर–तीनकुने–सिनामंगल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगंगा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको छ ।

यस्तै, गौशाला–पिंगलास्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ । गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै मन्दिरमा प्रवेश गर्न सकिनेछ ।

जोशीका अनुसार मासु, मदिरा, गाँजा, भाङ, चरेस आदिको भण्डारण बिक्रीवितरण तथा ओसारपसारमा प्रतिबन्ध लगाइएको छ ।

त्यस्तै, प्लास्टक पनि निषेध गरिएको छ । कोषले दर्शनार्थीहरूको सुरक्षाका लागि सबैतिर सीसीटीभी क्यामेरा जडान गरेको छ ।

त्यस्तै, जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराको कमान्डमा तीनहजार ५११ प्रहरी परिचालन हुनेछन् ।

प्रहरी तीन सिफ्ट गरी खटिनेछन् । करिब १० लाख भक्तजनले दर्शन गर्ने कोषको अनुमान छ ।

प्रकाशित : २०८१ फाल्गुन १३, मंगलवार २०:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ