मुग्लिन–गाईघाट–गैँडाकोट सडकको ‘ट्रयाक’ खोल्ने काम सुरु


काठमाडौं। मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको रुपमा मुग्लिनबाट गाईघाट, दासढुङ्गा, ठिमुरा, देवघाटको देवपुर हुँदै नवलपुरको गैँडाकोट जोड्ने सडकको ‘ट्रयाक’ खोल्ने काम सुरु भएको छ।

चालु आर्थिक वर्षमा दुई करोड ६९ लाख ३२ हजार विनियोजन गरी तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपबाट ‘ट्रयाक’ खोल्ने काम सुरु भएको हो।

यस सडकको विस्तृत अध्ययन (डिपीआर)पश्चात् सडक विभागले पहिलो चरणको ठेक्का लगाएको छ ।

सडक बनाउन प्रस्ताव गरिएको गैँडाकोटदेखि मुग्लिनसम्म करिब ३८ किलोमिटरको दूरी छ। उक्त वैकल्पिक सडकका लागि विगतमा सरकारको नीति तथा कार्यक्रममा समावेश भइ अध्ययनका लागि बजेट विनियोजन भए पनि पछि सरकारले उक्त योजना रद्द गरेको थियो ।

उक्त सडक निर्माण गर्न सके देवघाटको गाउँपालिका आर्थिक र धार्मिक पर्यटनको केन्द्र बन्ने हुँदा यसका लागि गाउँपालिकाले पहल थाल्ने जनाएको छ।

प्रकाशित : २०८१ फाल्गुन १६, शुक्रबार १२:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ