स्ववियु निर्वाचनको प्रक्रिया सुरु, आज संघ/संगठन दर्ता गर्नुपर्ने


काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ ।

चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनको कार्यतालिका आजदेखि सुरु भएको हो । आज संघ/संगठन/समूह दर्ताको कार्यक्रम राखिएको छ ।

निर्वाचन हुने क्याम्पसहरूमा दर्ता गरिनेछन् । त्यसका लागि सङ्ग सङ्गठन समूहको लेटरप्याडमा निवेदन पेस गर्नुपर्नेछ । आधिकारिक २ जनाको नमुना हस्ताक्षर सहित आफ्नो सङ्घ सङ्गठनको समिति / कमिटीको नामावली उल्लेख गर्नुपर्नेछ ।

आधिकारिक हस्ताक्षर प्रयोग गर्ने दुई जनाको विद्यार्थी परिचय पत्र पेस गर्नु पर्नेछ । त्यस्तै सङ्घ/सङ्गठन/समूहको केन्द्रीय समिति भए केन्द्रीय अध्यक्ष/सभापति/संयोजक/प्रमुखको पत्र सहित नाम र फोन नम्बर समेत अनिवार्य उल्लेख गर्नुपर्नेछ ।

समूह दर्ता गर्ने भएमा संयोजक सहित ११ जनाको नाम र विद्यार्थी परिचयपत्रको प्रतिलिपि अनिवार्य बुझाउनुपर्नेछ ।

प्रकाशित : २०८१ फाल्गुन १९, सोमबार ०९:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ