गोलबजारमा खैरो हिरोइनसहित दुई यूवक पक्राउ


सिरहा । गोलबजार नगरपालिका ६ कृष्ण मन्दिर नजिकैबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोललबजार नगरपालिका ६ कै २९ बर्षीय सुवर्ण मणी पाण्डे र ३७ वर्षीय काशी साह छन् । पाण्डेले चलाएको मधेश प्रदेश ०२-००८ प.०७३८ नम्बरको मोटरसाईकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

पाण्डेले मोटरसाइकल रोकेर काशीसंग कुरा गरिरहेका बेला शंका लागेर प्रहरीले चेकजाँच गरेको थियो । सो क्रममा पाण्डेले लगाएको ज्याकेटबाट सेतो कागजमा बेरिएको १२ वटा स-साना कालो प्लाष्टिकको टुक्रामा लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ फेला परेको थियो ।

प्रहरीका अनुसार प्लाष्टिकसहित १ ग्राम ८४० मिलिग्रामा खैरो हिरोइन फेला परेको छ । उनी दुबै जनामाथि अदालतबाट म्याद लिएर अनुसन्धान तथा कारबाही अगाडी बढाइएको छ ।

प्रकाशित : २०८१ फाल्गुन १९, सोमबार ०९:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ