सप्तरीको फत्तेपुरमा घरमै पस्यो बाघ- गाउँलेको भागाभाग, तीनजना घाइते


राजविराज । सप्तरीको सप्तकोसी नगरपलिका १ फतेपुरको खोरियास्थित एक घरमा आज बिहान बाघ पसेको छ ।

बिहानै बाघ बस्तीमा पसेपछि अहिले उक्त क्षेत्रमा सर्वसाधारणको भागाभाग भएको छ । बाघको आक्रमणवाट गणेश खत्री, कृष्ण विष्ट र रिजाना गोसाई घाइते भएको प्रहरीले जनाएको छ ।

कोसी टप्पु वन्यजन्तु आरक्षबाट बाघ आएको हुनसक्ने अनुमान गरिएको छ । पछिल्लो केही समयदेखि उक्त बाघ एउटा फर्निचर उद्योगमा बसिरहेको छ ।

बाघलाई खेद्न प्रहरी चौकी फत्तेपुरका प्रहरीहरु परिचालित छन् । कोसी टप्पु वन्यजन्तु आरक्षबाट सवन्मय गरी बाघलाई बस्तीबाट निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०८१ फाल्गुन १९, सोमबार १०:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ