रिंकु सदाय मृत्यू प्रकरण- बलात्कारका मुख्य आरोपी रुपेश मण्डल पक्राउ


जयनाथ यादव/ लहान । सिरहाको नवराजपुर गापा १ भगवतीपुरकी रिंकुकुमारी सदायको सामूहिक बलात्कार घटनाका मुख्य आरोपी रुपेश मण्डल पक्राउ परेका छन् ।

सिरहा नगरपालिका १७ दशगजा क्षेत्रबाट रुपेशलाई पक्राउ परिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । उनलाई प्रहरीले आधिकारिक रूपमा सार्वजनिक गर्ने तयारीमा रहेको बुझिएको छ ।

गत माघ २७ गते राति शौच गर्न बाहिर निस्केकी रिंकु स्थानीय तीन युवकबाट सामूहिक बलात्कारमा परेकी थिइन् । विहानपल्ट गाउमा पंचायत बसेर पीडित परिवारलाई दबाब दिदै घटना दबाउन खोजिएको थियो ।

पञ्चायतीमा दबाब दिएको विहानपल्ट माघ ३० मा रिंकु आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

पीडित परिवारले बलात्कारमा संलग्न तीन जना र पञ्चायती गर्ने ५ गरी ८ जनाविरुद्ध जाहेरी दिएका छन् । ति मध्ये रुपेश पक्राउ परेका छन् भने अन्य सात जना फरार छन् ।

प्रकाशित : २०८१ फाल्गुन २१, बुधबार १६:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ