धनुषामा सहकारीको ८० लाख लुट्ने समूहका महतो पक्राउ


जनकपुरधाम । धनुषामा सहकारीको ८० लाख रुपैयाँ लुट्ने समूहका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका- ३ का ४० वर्षीय भरतकुमार महतो छन् ।

उनलाई बुधबार पक्राउ गरेको र धनुषा जिल्ला अदालतमा पेश गर्दा पुर्पक्षका लागि सिन्धुली कारागार चलान गरिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले जानकारी दिए ।

गत वैशाख २४ मा शुभश्री बचत ऋण सहकारी संस्था लिमिटेड रघुनाथपुरका वीरेन्द्र महतो जनकपुरधामस्थित हिमालयन बैंकबाट ८० लाख रुपैयाँ झिकेर ज ७ प ५१५१ नम्बरको मोटरसाइकलमा गइरहेका थिए । मोटरसाइकलमा गइरहेका महतोलाई तीन जनाको समूहले हतियार देखाएर उक्त रकम लुटेको थियो ।

करिब महिनापछि उक्त घटनामा संलग्न महतो पक्राउ परेका छन् । अन्य दुई जना अझै फरार छन् । डीएसपी सिंहले फरार दुई जनाको पहिचान भइसकेकाले उनीहरु पनि छिट्टै पक्राउ पर्ने दाबी गरे ।

प्रकाशित : २०८१ फाल्गुन २३, शुक्रबार १४:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ