जसको गोदाममा भेटेको थियो साढे २४ क्विन्टल गाँजा


सप्तरी । राजविराज नगरपालिका ९ मलेठमा साढे २४ क्विनटल गाँजा फेला परेको गोदाम राजनारायण साहको रहेको खुलेको छ ।

प्रहरीले साहलाई पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको हो । स्याउ  रहेको गोदामबाट प्रहरीले प्लाष्टिकको बोरामा प्याक गरेको २४ क्वीन्टल ५१ किलो ५ सय ग्राम गाँजा फेला पारेको थियो ।

प्रहरीले गाँजासहित भारत, विहार राज्यको मधुवनी जिल्ला कुकुरदौरा ग्राम पंचायत १० छातापुर टोलका ६६ वर्षीय रामनारायण यादवलाई पक्राउ गरेको थियो । उनलाई जिल्ला अदालत राजविराजबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले गत फागुन १९ गते राजविराज नगरपालिका ९ मलेठबाट उक्त परिणामको गाँजा र अन्य सामानसहित ४ जनालाई नियन्त्रणमा लिएका थिए । पक्राउ परेकामध्ये तीनजना भारतीय नागरिक थिए ।

पक्राउ पर्नेमा गाँज लोड गरिएको ना ५ ख ५९५१ नम्बरको ट्रकका चालक सप्तरीको खडक नगरपालिका १० का देव नारायण पासवान, लोड अनलोड गर्ने  भारतीय नागरिक बर्ष २० को राज कुमार साह,बर्ष १९ का असलम खान र गोदामका चौकीदार ६६ बर्षिय राम नारायण  यादव रहेका छन् ।

गोदामबाट गाँजासहित १ लाख ५२ हजार मुल्यको सुर्ती, ३ लाख ३९ हजार २० रुपैयाँ  मुल्यका १ सय ४२ कार्टुन स्याउ, १८ लाख ३१ हजार ५ सय मुल्यको कपडा,१९ हजार मुल्य बराबरको चिनी, ८४ हजार ५ सय बराबरको धाराको टुटी, स्यानिटरी प्याड, २ वटा ट्रक, भारतीय नम्बर प्लेटका स्कारपिओ १ , कार १ बरामद भएको थियो।

गाँजासहित गोदामका चौकीदार यादवलाई नियन्त्रणमा राखी अनुसन्धान अगाडि बढाएको तथा सवारी साधनसहित चालक  र अन्य दुइ जनालाई आवश्यक कारबाहीको लागि तिलाठी भन्सार कार्यालयको जिम्मा लगाइएको थियो ।

प्रकाशित : 7 March 2025 8:18 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ