फेरि देशभरका शिक्षकहरु आन्दोलित, शिक्षा ऐन जारी गर्नुपर्ने माग


काठमाडौं । देशभरका शिक्षकहरुले फेरि काठमाडौं केन्द्रित सडक आन्दोलन सुरु गरेका छन् । देशभरबाट भेला भएका शिक्षक शिक्षिकाहरुले काठमाडौ‌ंको माइतीघरदेखि नयाँबानेश्वरसम्म बृहत आन्दोलन गरेका हुन् ।

नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षा ऐन जारी गर्न दबाब दिन बृहत आन्दोलन सुरु गरिएको महासंघले जनाएको छ । आन्दोलनमा देशभरबाट शिक्षकहरु आएका छन् ।

उनीहरु माइतीघर मण्डलाबाट नारा जुलुस गर्दै नयाँ बानेश्वरतिर आइरहेका छन् । विगतका सबै सहमति सम्बोधन हुने विद्यालय शिक्षा ऐन जारी गर्न राज्यलाई बाध्य पार्ने उनीहरुले बताएका छन ।

महासंघले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । यसअघि २०८० मा सरकारसँग भएको सहमति अनुसार शिक्षा ऐन जारी हुनुपर्ने उनीहरुको माग छ ।

प्रकाशित : २०८१ फाल्गुन २४, शनिबार १४:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ