रसिया-युक्रेन लडाईंमा मारिए नेपालका पूर्व वडाध्यक्ष बुढाथोकी


काठमाडौं । रसिया र युक्रेनको लडाईँमा नेपालका एक पूर्व वडाध्यक्ष मारिएका छन् । रसियाको सेनामा भर्ति भएका रोल्पाको सुनछहरी गाउँपालिका ५ का पूर्व वडाध्यक्ष तिर्खबहादुर बुढाथोकी मारिएका हुन् ।

२०७४ को स्थानीय तहको निर्वाचनमा बुढाथोकी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । २०७९ को स्थानीय तह निर्वाचनमा उनके पुनः उम्मेदवार बनेका थिए। तर पराजित बनेपछि उनी रसिया गएका थिए ।

रसिया गएका बुढाथोकी २०८० असोजमा सेनामा सामेल भएका थिए । उनी मारिएको कुरा परिवारले फागुन २४ गतेमात्र पाएको बुझिएको छ । उनको मृत्यु भएको यकिन मिति खुलेको छैन् ।

प्रकाशित : २०८१ फाल्गुन २७, मंगलवार ०८:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ