पूर्वराजाको स्वागतमा योगी आदित्यनाथको तस्विर बोक्ने राणा भारत भागे


काठमाडौं । गत आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पोस्टर बोक्ने प्रदीपविक्रम राणा भागेर गोरखपुर पुगेका छन् ।

आफ्नो पछि प्रहरी लागेको भन्दै उनी नेपाल छोडेर भारत आइपुगेको नवभारत टाइम्सले जनाएको छ । आदित्यनाथको पोस्टर प्रयोग भएको भन्दै विभिन्न नेताले आलोचना गरेका थिए ।

५८ वर्षीय राणा मङ्गलबार भागेर गोरखपुर पुगेका हुन् । राणाले भने, ‘प्रहरीलाई लाग्छ कि म भारत सरकार र योगी जीसँग मिलेर नेपालको वर्तमान सरकारविरुद्ध षड्यन्त्र गरिरहेको छु । यसैकारण प्रहरी मेरो पछि लागिरहेको छ र म भारत भाग्नुपर्‍यो ।’

राणा काठमाडौं महनगरपालिका वडा नम्बर १६ का बासिन्दा हुन् । उनका बुबा सेनामा थिए । स्रोतका अनुसार उनी एमालेका कार्यकर्ता हुन् । राप्रपाले पनि उनलाई एमाले कार्यकर्ता भएको आरोप लगाएको छ ।

प्रकाशित : 12 March 2025 2:02 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ