परराष्ट्रमन्त्री राणाले गरिन् बाबाधाममा पूजाअर्चना, शिवलिङ्गमा चढाइन् दुध !


काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु देउवा राणाले भारतको झारखण्डस्थित बाबा बैद्यनाथधाम पुगेर पूजाअर्चना गरेकी छन् ।

परराष्ट्रमन्त्री राणाले बैद्यनाथधाममा पूजाअर्चना गरेको फोटोहरु सामाजिक संजाल सार्वजनिक भएको हो । उनी बैद्यनाथधामको शिवलिङ्गमा दुध चढाएकी छन् ।

बाबाधाम जाने प्राय: भक्तजन बासुकीनाथ पनि पुग्ने गर्छन् । मन्त्री राणा पनि बासुकीनाथ मन्दिर पुगेर त्यहाँ पनि पूजाअर्चना गरेकी हुन् ।

उनी रायसिना डाइलगमा सहभागी हुन भारत गएकी छन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा हुने सगरमाथा संवादका लागि निम्तो समेत गर्ने बुझिएको छ।

प्रकाशित : २०८१ फाल्गुन २९, बिहीबार ०७:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ