धनुषाधाममा बस दुर्घटना, २८ यात्रु घाइते


जनकपुरधाम । धनुषाको धनुषाधाममा यात्रुबाहक बस दुर्घटना हुँदा २८ जनाभन्दा धेरै घाइते भएका छन् ।

जनकपुरबाट सप्तरीको राजबिराजतर्फ जाँदै गरेको ना.५ ख १४४१ नम्बरको बस आज बिहान पूर्वपश्चिम राजमार्गमा पर्ने धनुषाधाम नगरपालिकाको मालटोल भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

घाइतेमध्ये कतिपयलाई बढी चोट लागेको छ । सबै सबै घाइतेलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०८१ चैत्र १, शुक्रबार ११:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ