पूर्वराजा भाइमारा, मूर्ति चोर र सुन तस्कर रहेको प्रचण्डको आरोप


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भाइ मारा र  मूर्ति चोर जस्ता गम्भीर आरोप लगाएका छन् ।

आज शुक्रबार सिन्धुपाल्चोक मेलम्चीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले पूर्वराजाको पछिल्लो सक्रियातामाथि टिप्पणी गर्दै यस्तो आरोप लगाएका हुन् ।

‘२५० वर्षसम्म राजा महाराजाले देशलाई कहाँ पुर्‍याए भन्ने नेपाली जनताले बिर्सिएको छ? मूर्ति चोर को हुन्?,’ उनले भने, ‘नेपालका ठूल्ठूला मूर्ति चोरेर अहिले राजा ? भाइमारा को हो ? आफ्नै वंश मास्नेले आएर फेरि धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले बिर्सिएको भन्ठानेको ?’

दाहालले आफू पहिलोपटक प्रधानमन्त्री हुँदैमा दरबार हत्याकाण्ड छानबिन गर्न खोजेको तर कार्यकाल पूरा नहुँदा छानबिन प्रभावित भएको दाबी गरे ।

‘मैले पहिलोचोटी प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको फेरि एकपटक छानबिन गर्नुपर्नेछ भन्ने ठानेको थिएँ,’ उनले भने, ‘मैले त्यतिबेला पाँच वर्ष शासन गर्न पाएको भए एकपटक छानबिन गरेर भाइमारा र राजद्रोही यिनीहरूलाई इतिहासको ठेगान लगाउने विचार थियो ।’ 

प्रकाशित : 14 March 2025 7:06 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ