इजरायलले फेरि थाल्यो गाजामा हमला, ३४ जनाको मृत्यु, ७० घाइते


इजरायली सेनाले गाजा पट्टीमा ठूला आक्रमण गरिरहेको बताएको छ । सेनाले विज्ञप्ति जारी हमासको ‘आतंकवादी लुक्ने ठाउँ’लाई लक्ष्य गरेर हमला थालिएको जानकारी दिएको हो ।

रोयटर्सले चिकित्सक र प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै मध्य गाजाको देइर अल-बलाहमा तीन घरलाई निशाना बनाइएको बताएको छ।साथै खान युनिस र रफाहमा पनि भवनई लक्ष्य गरेर आक्रमण गरिएको छ।

गाजाको नागरिक रक्षा निकायले आक्रमणमा ३४ प्यालेस्टिनीको मृत्यु भएको र ७० जना घाइते भएको जनाएको छ। जनवरी १९ मा गाजामा युद्धविराम सुरु भएयता यो अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण हो।

इजरायली प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र रक्षामन्त्री इजरायल काट्जले मंगलबार बिहान गाजा पट्टीमा आक्रमणको आदेश दिएका थिए।

‘हाम्रा बन्धकहरूलाई रिहा गर्न हमासले निरन्तर अस्वीकार गरेको र अमेरिकी राष्ट्रपतिका विशेष प्रतिनिधि विट कोच र अन्य मध्यस्थकर्ताले गरेका प्रस्ताव अस्वीकार गरेपछि यो आक्रमण भएको हो’, विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : २०८१ चैत्र ५, मंगलवार ०८:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ