विद्युत प्राधिकरण धनुषाधामलाई यादवले दिए दुई कट्ठा जग्गादान


जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका ३ का समाजसेवी सुर्यनाथ यादबले नेपाल विद्युत प्राधिकरण धनुषाधाम वितरण केन्द्रको भवन निर्माणका लागि जग्गा दान गरेका छन् ।

यादवले प्राधिकरणलाई दुई कठ्ठा जग्गा दान गरेका हुन् । उक्त जग्गा लाखौं मूल्य बराबरको रहेको बताइएको छ ।

उनले दान दिएको जग्गा सोमवार नै विद्युत प्राधिकरण धनुषाधाम वितरण केन्द्रको नाममा नामसारी गरिदिए । उक्त जग्गामा सुविधा सम्पन्न भवन निर्माण गर्ने प्राधिकरणले जनाएको छ ।

प्रकाशित : २०८१ चैत्र ५, मंगलवार ०९:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ