मोरङमा आगलागीबाट २ बालबालिकाको मृत्यु, ८ घर जलेर खरानी


विराटनगर । मोरङको धनपालथान गाउँपालिका- ६ कदमा गाउँमा आगलागीमा परी दुई बालबालिकाको मृत्यु भएको छ ।

मृतक बालबालिकाको परिचय खुलेको छैन । आगोले हालसम्म ८ घर जलिसकेको छ । चर्को घाम लागेको र हावा चलेका कारण आगो निभाउन समस्या भएको मोरङ प्रहरीका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए ।

अहिले प्रहरी, स्थानीय र दमकलको सहायतामा आगो नियन्त्रण प्रयास भइरहेको छ । आगलागीको कारण नखुलेको र अनुसन्धान जारी रहेको प्रहरीले जनायो ।

नजिक नजिक रहेका सबै घर जलेका छन् ।

प्रकाशित : २०८१ चैत्र ५, मंगलवार १४:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ