औरहीमा दलितलाई उठिबासबारे गृहमन्त्रीलाई एमाले सांसदको प्रश्न- तपाई दलित विरोधी हो ?


काठमाडौं । सरकारले नेतृत्व गरिरहेको एमाले सांसद सम्झना थपलियाले गृहमन्त्री रमेश लेखकलाई दलितविरुद्धका घटनाहरू रोक्न कुनै कदम नचालेको आरोप लगाएकी छन् ।

सिरहाको औरही गाउँपालिका ५ का दलित दीपक मलिक डोमको घर भत्काउँदा पनि प्रहरीले कुनै कारबाही नगरेको भन्दै सांसद थपलियाले आरोप र आपत्ति जनाएकी हुन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद थपलियाले गृहमन्त्रीसँग सोधिन्, ‘गृहमन्त्रीलाई यस्ता घटनामा चासो हुँदैनरु तपाईँ गृहमन्त्री दलित विरोधी होरु यसरी कसरी संघीय लोकतन्त्र बलियो हुन्छ ?’

महायज्ञको मण्डप वरिपरि दलित बस्न र आउजाउ गर्न नमिल्ने भन्दै आयोजक बजरंगी बाबाले दीपकको घर भत्काउन आदेश दिएका थिए । त्यसपछि गाउँपालिका अध्यक्ष शिवजी यादवले डोजर पठाएका थिए । दलित बसेको ठाउँलाई अपवित्र हुने भन्दै घरको माटोसमेत ताछेर फालिएको थियो ।

यस विषयमा संसदीय छानबिन समिति गठनको माग सांसद थपलियाले गरेकी छन् । उनको भनाइ थियो, ‘यस घटनामा गृहमन्त्रीले संसद्मा आएर जवाफ दिनुपर्नेछ ।’

सांसद रणेन्द्र बरालीले दलित समुदायमाथि ज्यादती बढ्दै गएको बताए । उनले भने, ‘दलितप्रति भएका ज्यादतीले सगरमाथा भन्दा ठूलो टाकुरा बनिसकेको छ। दलितहरूले न्याय खोज्न कहाँ जाने ?’

गाउँपालिकाका अध्यक्षकै नेतृत्वमा जातीय विभेदपूर्ण व्यवहार र गैरकानुनी हर्कत भइरहँदा पनि गाउँमा रहेको चौकीका प्रहरीले कुनै कारबाही नगरेको भन्दै सांसदहरूले आपत्ति जनाएका छन् ।

प्रकाशित : २०८१ चैत्र ७, बिहीबार १३:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ