पाँच सयको १८६ थान नक्कली नोटसहित रामकृष्ण पक्राउ


हेटौँडा । मकवानपुर प्रहरीले नेपाली पाँचसयको नक्कली नोटसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गंगाजमुना गाउँपालिका २ घर भई हाल हेटौडा उपमहानगरपालिका ८ बस्ने वर्ष ४२ को राम कृष्ण अधिकारी रहेका छन् । बुधबार राति हेटौडा १५ रातोमाटे स्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा बर्दिबासबाट हेटौडातर्फ आउदैं गरेको गाडीबाट प्रहरीले नक्कली नोटसहित अधिकारीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बा ३३ प ९९८३ नम्बरको मोटरसाईकल चालक अधिकारीले बोकेको झोलाभित्र लुकाई छिपाई ल्याईएको अवस्थामा नेपाली ५०० रुपैया दरका १८६ थान नक्कली नोट (९३ हजार रुपैया) बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

अधिकारीलाई मुद्रा सम्बन्धी कसुरमा मकवानपुर जिल्ला अदालत हेटौडाबाट ७ दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको प्रवक्ता अर्यालले बताए ।

प्रकाशित : २०८२ बैशाख २६, शुक्रबार १६:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ