टिकटकले ल्यायो कमालको फिचर, अब एआईले नै फोटोलाई भिडिओ बनाइदिने


काठमाडौं । टिकटकले ‘एआई अलाइभ’ नामक फिचर सार्वजनिक गरेको छ । कम्पनीले मङ्गलबार फोटोकै भरमा भिडिओ तयार पार्ने टुल सार्वजनिक गरेको हो ।

यो फिचर प्रयोग गरी प्रयोगकर्ताले कुनै पनि स्थिर फोटोलाई टिकटक स्टोरीमार्फत भिडिओ क्लिपमा बदल्न सक्ने कम्पनीले जनाएको छ ।

उदाहरणका रूपमा कम्पनीले एउटा भिडिओ पनि सार्वजनिक गरेको छ । सो भिडिओमा टिकटकको नयाँ ‘एआई अलाइभ’ अप्सनले स्थिर फोटोलाई डिजिटल रूपमा एनिमेट गरी तस्बिरको स्रोतको आधारमा भिडिओमा परिणत गरेको देख्न सकिन्छ ।

प्रकाशित : २०८२ बैशाख ३१, बुधबार १५:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ