मधेशका एमाले सांसद दीपेन्द्र ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर, पदबाट निलम्बित !


काठमाडौं । नेकपा एमालेका मधेश प्रदेशका सांसद दीपन्द्रकुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अस्पताल निर्माणमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मंगलबार मुद्दा दायर गरेको हो ।

धनुषाको औरही नगरपालिकामा अस्पताल निर्माणका क्रममा अनियमितता गरेको अभियोग उनीमाथि छ । नगरपालिकाका कर्मचारीलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर भएको छ ।

ठाकुर धनुषाको क्षेत्र नम्बर ३ (ख)बाट निर्वाचित सांसद हुन् । मुद्दा दायर भएसँगै उनको सांसद पद स्वत निलम्बनमा परेको छ।

प्रकाशित : २०८२ जेष्ठ २७, मंगलवार १७:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ