बलात्कार मुद्दामा सफाइ पाएको भोलिपल्टै ‘डीएसपी क्वार्टरमा पार्टी’बारे छानबिन गर्न निर्देशन


काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले बलात्कार मुद्दामा सफाइ पाएका व्यक्तिसँग सफाइ पाएको भोलिपल्टै प्रहरी कर्मचारीको जन्मदिन मनाएको घटनाबारे छानबिन गर्न निर्देशन दिएका छन् ।

बलात्कार मुद्दामा सफाइ पाएका सप्तरीको राजविराज–६ का आकाश आदर्श सफाइ पाएको भोलिपल्टै डीएसपी क्वार्टरमा आयोजित पार्टीमा सहभागी भएको विषय बाहिरिएपछि प्रहरी प्रमुख थापानले छानबिनका लागि निर्देशन दिएका हुन् ।

बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको सभापति रामहरि खतिवडाले यस विषयमा आईजीपी थापालाई प्रश्न गरेका थिए ।

जवाफमा आईजीपी थापाले मधेस प्रदेश प्रहरी कार्यालयलाई घटनाको छानबिन गर्न निर्देशन दिएको बताए ।

ूडीएसपीको क्वार्टरको उक्त तस्बिर अगाडिकै रहेछ । पत्रिकामा आज निस्केको हो । त्यस सन्दर्भमा मैले मधेस प्रदेश प्रहरीलाई छानबिन गर्न भनिसकेको छु,ू उनले भने ।

राजविराज–६ का आकाश आदर्शले बलात्कार मुद्दामा जिल्‍ला अदालत सप्तरीबाट गत जेठ ४ गते सफाइ पाएका थिए ।

प्रकाशित : २०८२ असार ११, बुधबार १८:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ