नेपाली सेनामा भर्ना खुल्यो, सिपाहीदेखि धोबीसम्मका २९४ जना माग


काठमाडौं : नेपाली सेनाले विभिन्न ११ पदमा २९४ जनाका लागि भर्ना खुल्ला गरेको छ ।

भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगीअड्डाले लेखा जमदार, पुजारी हुद्दा, अमल्दार कर्मचारी, बन्दोबस्ती कार्य सिपाही, सुचिकार, कुचिकार, चर्मकर्मी, लोहकार, धोबी, केशकर्तक र सयस पदहरुमा भर्ना खुल्ला गरेको हो । सबैभन्दा धेरै बन्दोबस्ती कार्य सिपाही पदमा ९६ जनाका लागि दरखास्त आह्वान गरिएको छ ।

यसैगरी अमल्दार कर्मचारी पदमा ५३ र लेखा जमदार पदमा ५० जनाका लागि दरखास्त आह्वान गरिएको छ । लेखा जमदारका लागि दरखास्त दस्तुर तीन सय, पुजारी हुद्दा र अमलदार कर्मचारी पदका लागि दुई सय रुपैयाँ तोकिएको छ ।

अन्य पदमा १ सय शुल्क बुझाएर दरखास्त दिन सकिने छ । नारायणहिटी उत्तरतर्फको गेट नेपाल क्याभलरीको खेल मैदानमा दरखास्त फारत वितरण र संकलनको व्यवस्था मिलाइएको छ ।

दरखास्त दिने अन्तिम मिति माघ २१ गतेसम्म तोकिएको छ । दोब्बर दस्तुर बुझाएर माघ २८ गतेसम्म दरखास्त बुझाउन सकिने जंगी अड्डाले जनाएको छ ।

प्रकाशित : 5 January 2021 9:10 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ