शहिदनगरको चोराकोयलपुरमा नबाह सुरु, साधुसन्तबाट आर्शिवाद लिनेको भीड


सिबेन्द्र रोहिता, जनकपुरधाम :

धनुषाको शहिदनगर नगरपालिका २ चोराकोयलपुरमा श्री श्री १०८ श्री तपसी बाबा नबाह तथा एकाह समारोह सुरु भएको छ । श्री तपसी बाबा सेवा समितिको आयोजनामा सुरु भएको नबाह तथा एकाहा समारोह मंगलवार बाजागाजासहित हजारौं महिलाहरूको सहभागीतामा कलश यात्रासहित सुरुभएको हो ।

समारोहका अध्यक्ष जिबछ चोरबार यादवले फाल्गुन ७ गतेसम्म नबाह चल्ने जानकारी दिए । उनका अनुसार समारोहमा भजन किर्तन भने ९ दिनसम्म चल्ने छ । नबाह समारोहमा सयौं साधुसन्त पनि सहभागी छन् । साधुसन्तबाट आर्शिवाद थाप्न टाढा टाढाका मानिस आउन थालेको उनको भनाई छ ।

नबाह समारोहको अवसरमा भव्य मेला लागेको स्थानीय समाजसेवी शैलेन्द्र चोरबारले जानकारी दिए । उनले समाजको कल्याण तथा शान्तिका लागि सुरदास बाबा र सन्त राजारामले नबाह आयोजना गरको जनाए । उक्त समारोहका लागि गाउँलेहरूले स्वःस्र्फूत रुपमा चन्दा दिएर सहयोग गरेका छन् ।

प्रकाशित : 10 February 2021 10:21 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ