भारतमा पहिलो पटक महिलालाई मृत्युदण्ड !


एजेन्सी : भारतमा पहिलोपल्ट महिलालाई मृत्युदण्ड (फासी) दिइँदैछ । भारतीय पत्रिका दैनिक भास्करका अनुसार अमरोहा निवासी शबनमलाई फासी दिन लागिएको हो ।

उनले प्रेमीसँग मिलेर १३ वर्षअघि धारिलो हतियारले हानेर परिवारका सात सदस्यको हत्या गरेकी थिइन् । हाल उत्तर प्रदेशस्थित जेलमा रहेकी उनलाई फासीको सजाय दिइने छ ।

फासी दिने मिति टुंगो लागिसकेको छैन । फासीबाट बच्न उनले यही फेब्रुअरी १५ मा गरेको याचना राष्ट्रपतिले खारेज गरेका हुन् । एजेन्सी

प्रकाशित : 18 February 2021 7:38 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ