ग्यासको चिन्ता नगर्नुस्, अभाव हुँदैन


काठमाडौं : निषेधाज्ञा लागू गर्ने सरकारको निर्णय आएसँगै अहिले ग्यास डिलरहरूमा उपभोक्ताको भीड लाग्न थालेको छ ।

यसअघि शुक्रबार नै एलपी ग्यास उद्योग संघले खाली सिलिण्डर भर्न भनेपछि व्यवसायीहरू स्टकमा राख्न हतारिएका हुन् ।

ग्यास बिक्रेता भने एक महिनाका लागि झारेका सबै ग्यास दुई दिनमै बिक्री भइसकेको भन्दै आवश्यकभन्दा धेरै खरिद नगर्न उपभोक्तालाई आग्रह गर्दै आएका छन् ।

एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले ग्यास आयातमा कुनै समस्या नभएको हुँदा भोलिका दिनमा ग्यास अभाव नहुने बताउँछन् ।

उनले सर्वसाधारणलाई खाली सिलिण्डर भर्न आग्रह गरे पनि उपभोक्ताहरू स्टकका लागि सिलिण्डर खरिद गर्दा कृत्रिम अभाव सिर्जना हुन सक्ने बताउँछन् ।

ग्यासबिक्रेता राधे चौधरी एउटा ग्राहकले दुईदेखि चारवटासम्म ग्यास किन्न थालेको बताउँछन् ।

प्रकाशित : 27 April 2021 1:12 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ