पर्सामा पनि निषेधाज्ञा, विवाह र मृत्यु संस्कार गर्न पनि अनुमति लिनुपर्ने


पर्सा : प्रदेश २ को पर्सामा पनि आजदेखि एक साताका लागि निषेधाज्ञा लागू गरिएकाे छ । विहान ४ बजेदेखि सुरु भएको निषेधाज्ञा वैशाख २२ गते राति १२ बजेसम्म रहनेछ ।

मंगलवार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बैठककाे निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लाभर निषेधाज्ञा जारी गरेको हाे । तीव्र रूपमा फैलिइरहेकाे काेभिड संक्रमण राेक्नका लागि निषेधाज्ञा जारी गर्नुपरेकाे जनाएकाे छ । 

निषेधाज्ञाभर अत्यावश्यकबाहेक सबै सेवा, व्यवसाय बन्द रहने जिप्रका पर्साले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ । निषेधाज्ञामा मृत्यु संस्कार, विवाह तथा ब्रतबन्ध गर्न पनि अनुमती लिनुपर्ने बताइएको छ ।

काठमाडौंमा आजैदेखि निषेधाज्ञा सुरु भयो । बाँकेमा १२ वैशाखदेखिकाे निषेधाज्ञा कायमै छ । कास्कीमा हिजाेदेखि २१ वैशाखसम्मका लागि निषेधाज्ञा कार्यान्वयनमा आइसकेकाे छ ।

प्रकाशित : २०७८ बैशाख १६, बिहीबार ०७:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ