कोरोनाबाट अहिलेसम्मकै सबभन्दा बढी ५५ जनाको मृत्यु


काठमाडौं । कोरोनाबाट एकैदिन अहिलेसम्मकै धेरै ५५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको हो ।

यसअघि एकदिनमा सबैभन्दा धेरै ३७ जनाको मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ४ सय १७ पुगेको छ ।

प्रकाशित : 4 May 2021 5:20 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ