अक्सिजन सिलिन्डर फिर्ता दिन सरकारको आग्रह (सूचनासहित)


काठमाण्डौ : सरकारले कोरोना भाइरसका सङ्क्रमितको उपचारका लागि अत्यावश्यक पर्ने अक्सिजन सिलिन्डरहरू फिर्ता दिन सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले एक विज्ञप्ति निकालेर उद्योग व्यवसायहरूमा राखिएका सिलिन्डरहरू फिर्ता गर्न आग्रह गरेका हुन् ।

कोरोना सङ्क्रमितको उपचारका लागि अत्यावश्यक पर्ने अक्सिजन सिलिन्डरहरू सरकारको निर्णय विपरीत उद्योग व्यवसायहरूमा प्रयोग भइरहेको पाइएको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

अनुगमनका क्रममा धेरै ठूलो मात्रामा अक्सिजन सिलिन्डरहरू खाली रहने वा भरेर भण्डारण गरेर राखेको पाइएकाले सम्बन्धित उद्योग, सरोकारवालालाई त्यस्ता सिलिन्डर अस्पतालमा उपलब्ध गराउन मन्त्रालयको अनुरोध छ ।

सरकारको निर्णयको उल्लङ्घन गरेको पाइए सङ्क्रमण रोग ऐनको आधारमा अनुगमन गरी कारबाही गर्ने मन्त्रालयको चेतावनी छ ।

हेर्नुस् सूचना :

प्रकाशित : 6 May 2021 4:37 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ