प्रधानमन्त्रीलाई विश्वासको मत न दिने पक्षमा, न विपक्षमा : महन्थ ठाकुर


टुडेखोज, काठमाडौं :

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिने विषयमा न पक्ष र न विपक्षमा रहेको बताएका छन् ।

सांसद रेशम चौधरी जेलमै रहेको र प्रदेशकै मन्त्रीहरु, मेयरहरु तथा कार्यकर्ताहरु तारिखमा छन् । संविधान संशोधनका लागि आन्दोलन गर्दा त्यतिबेला नै संवोधन गरेको भए यो अबस्था आउने थिएन- उनले भने ।

१२० साथी मुद्दाबाट मुक्त भ एकोले प्रधानमन्त्री केपी ओलीप्रति आभार व्यक्ति गरे । ‘हाम्रो मुद्दा सम्बोधन हुनुपर्ने पक्षमा रहेकाले प्रचण्ड र शेरबहादुर देउवालाई पनि धन्यवाद दिन चाहन्छु’, उनले भने ।

अध्यक्ष ठाकुरले कोरोनाले ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरे ।

प्रकाशित : २०७८ बैशाख २७, सोमबार १५:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ