जनकपुर : कोरोनाले बुवाको मृत्यु, भेन्टिलेटर तोडफोड गर्दा २ छोरा थुनामा


जनकपुरधाम : कोरोना शंकास्पद विरामीको उपचारमा डाक्टरले लापरबाही गरेको भन्दै आफन्तले
जनकपुरस्थित प्रादेशिक अस्पतालमा तोडफोड गरेका छन् ।

सास फेर्न गार्हो भएपछि अस्पतालको कोभिड वार्डमा महोत्तरीको जलेश्वर नगरपालिका ४ का ५५ वर्षीय शुखीचन महतो मंगलवार भर्ना भएका थिए । उपचारमा डाक्टरले लापरबाही गरेको भन्दै विरामी महतोका छोराद्वय ३४ वर्षीय मनोज र २७ वर्षीय पप्पुले छोराले दुई भेन्टिलेटरको सिसा फुटाएको प्रहरीले जनाएको छ ।

अस्पतालमा होहल्ला गर्दै स्टाफमाथि हातपात गर्न खोज्दा उनी दुबै दाजु-भाईलाई नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी मकेन्द्र मिश्रले जानकारी दिए । उनले दुबै जनालाई थुनामा राखेर अनुसन्धान गरिरहेको पनि बताए ।

उनका अनुसार प्रादेशिक अस्पतालको कोभिड वार्डबाट चन्द्रकला अस्पताल जनकपुर लग्ने क्रममा महतोको मृत्यू भएको छ । अहिले उनको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको छ ।

महतोलाई भने सुरुमा जलेश्वर अस्पताल लगिएको थियो । तर त्यहां उपचार सम्भव नभएपछि प्रादेशिक अस्पतालमा रेफर गरिएको थियो ।

प्रादेशिक अस्पतालले भर्ना लिएको र उपचारमा लापरबाही गरेकै कारण बुवा गुमाउनु परेको प्रहरी नियन्त्रणमा रहेका छोराद्वयको आरोप छ । प्रादेशिक अस्पतालमाथि पटक पटक लापरबाहीको आरोप लाग्ने गरेको छ ।

प्रकाशित : २०७८ बैशाख २८, मंगलवार २१:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ