राज्यमन्त्री मण्डल गाउँमा सक्रिय, आइसोलेशन सेन्टर सञ्चालनमा ल्याउने


टुडेखोज, सिरहा : प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले आफ्नो गाउँको कोरोना संक्रमित विरामीलाई सहज तथा सुलभ उपचार गराउने विषयमा युवाहरुसँग छलफल गरेका छन् ।

राज्यमन्त्री मण्डलको घर सिरहाको कल्याणपुर नगरपालिकामा पर्छ । त्यहाँका नगर युवा संजालमा आवद्ध यूवाहरुसँग छलफल गरी कल्याणपुरका कोभिड महामारीबाट प्रभावितहरुका निम्ति अक्सिजनसहितको आइसोलेसन संचालन गर्ने विषयमा छलफल गरेका हुन् । सम्बन्धित निकायहरुको समन्वय, सहकार्य र सहयोगमा अभियान अगाडी बढाउने निर्णय भएको राज्यमन्त्री मण्डलले बताएका छन् ।

उनका अनुसार नगरपालिका भित्रका १२ वटै वडाबाट एक/एक जना राख्ने गरि म्यानेजमेन्ट टिम बनाइएको छ । पहिलो चरणमा प्रत्येक वडाको तथ्याङ्क संकलन गर्ने, जनचेतना जगाउने, संक्रमितहरुलाई होम आइसोलेसन/आइसोलेसन सेन्टरमा राख्ने निर्णय भएको छ । यस्तै जोखिम केसलाई बिराटनगर, जनकपुरलगायत स्थानमा एडमिट गराउन एम्बुलेन्ससहित ब्यवस्थापन गर्ने निर्णय पनि भएको उनको भनाई छ ।

उनले कोरोना संकटको यस घडीमा युवाहरुद्वारा गरिएको सराहनीय कार्यको लागि हार्दिक धन्यवाद दिँदै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित : 16 May 2021 9:10 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ