अब कोरोनाका गम्भीर विरामीको उपचार जनकपुरमै हुने


टुडेखोज, जनकपुरधाम : अब कोरोनाका गम्भीर विरामीको उपचार जनकपुरमै हुने क्लोथ बैंकका अध्यक्ष राजीव झाले दावी गरेका छन् । गम्भीर विरामीको उपचार गर्न ‘हाइ फ्लो नोजल केनुला’ आवश्यक पर्छ । सो उपकरण काठमडौंबाट जनकपुर ल्याउन लागेको उनको भनाई छ ।

धनुषाबाटै निर्वाचित जसपा बरिष्ट नेता राजेन्द्र महतोको पहलमा क्लोथ बैंकलाई नेपाल भेन्टिलेटर बैंकले सो उपकरण उपलब्ध गराएको छ । उक्त उपकरण प्रयोग गरेबापत प्रतिदिन ६ सय रुपैयाँ भाडा तिर्ने सहमती भएको क्लोथ बैंकसँग आवद्ध यूवा नेता प्रशान्त झाले जानकारी दिए ।

बैंकका अध्यक्ष राजिव झा काठमाण्डौं पुगेर आईतवार नै चार थान ‘हाइ फ्लो नोजल केनुला’ बुझिसकेका छन् । सो उपकरण जनकपुरधामको मिथिला अस्पतालमा जडान गरिनेछ । विरामीलाई सामान्य शुल्कमा उपचार गर्ने र क्लोथ बैंकले सिफारिस गरिदिएमा २५ प्रतिशत छुट पाउने बताइएको छ ।

प्रकाशित : २०७८ जेष्ठ ३, सोमबार ०७:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ