लहान आँखा अस्पतालमा ७ सय बेडको कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय


सिरहा : डीसीसीएमसी सिरहाले कोरोना रोकथाम तथा नियन्त्रणको सन्दर्भमा विभिन्न निर्णयहरु गरेको छ । आईतवार डीसीसीएमसीको बसेको बैठकले कोरोना संक्रमितको उपचारका लागि अधिकतम बेडको व्यवस्थापन मिलाउने निर्णय गरेको हो ।

बैठकले लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा रहेको ७ सय बेडको वार्डलाई कोभिड संक्रमित विरामीहरुको उपचार तथा व्यवस्थापन उपयोग गर्ने निर्णय गरिएको छ । कोभिड वार्ड संचालनको व्यवस्थापन गर्न लहान नगरपालिकाले विशेष पहल गरी प्रक्रिया अगाडी बढाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले बताए ।

उनका अनुसार लहानका नीजि अस्पतालहरुले बैठक बसी कोभिड–१९ को प्रभावकारी व्यवस्थापनका लागि कार्ययोजना तयार पार्ने निर्णय पनि भएको छ । यस्तै लहानमै रहेको स्तऋषि अस्पतालमा ३० बेडको कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय पनि भएको छ ।

यस्तै अस्पतालमा रहेको अक्सिजन सिलिण्डर र अक्सिजन प्लान्ट २४सैं घण्टा सञ्चालनमा राख्ने निर्णय पनि भएको प्रजिअ कणेलले बताएका छन् । उनले अक्सिजन प्लान्ट चालु अवस्थामा रहेपनि फिलिङ सिस्टम नभएकाले विभिन्न दातृ निकायसँग आवश्यक पहल गरी फिलिङ सिस्टम जडान गर्ने निर्णय पनि गरिएको छ ।

प्रकाशित : 17 May 2021 1:36 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ