धनुषा : बिहेमा गएकी बालिकाको पोखरीमा डुबेर मृत्यू


मनोज पासमान, जनकपुरधाम : धनुषाको सबैला नगरपालिका ९ स्थित सप्तेश्वरनाथ महादेव मन्दिर अगाडीको पोखरीमा डुबेर एक बालिकाको मृत्यू भएको छ ।

मृत्यु हुनेमा बिदेह नगरपालिकाको जोगियारा टोलकी अन्दाजी १० वर्षीया बालिका निक्की कुमारी राय रहेकी छन् । आफन्तको बिहेमा सरिक हुन धनुषाको धार्मिक स्थल सतोषरधाम पुगेकी थिइन् । केही बालबालिकासंग पोखरीमा नुहाउन गएको बेला उनी डुबेको बताइएको छ ।

उनको शव पोष्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाएको छ । घटना विषयमा प्रहरीले भने अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित : 22 May 2021 4:21 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ