बालविकास केन्द्रका शिक्षक र कर्मचारीको तलव १५ हजार पुग्यो


काठमाडौं : सरकारले प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र कर्मचारीको मासिक तलव १५ हजार पुर्‍याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।

हाल उपलब्ध गराउँदै आएको मासिक पारिश्रमिक वृद्धि गरिएको भन्दै उनले न्यूनतमभन्दा कम रकम सम्वन्धी स्थानीय उपलब्ध गराउने बताए । सरकारले बालबालिकाको दिवा खाजाका लागि ८ अर्ब ७३ करोड रुपैयाँ छुट्याएको पनि उनले जानकारी दिए ।

सरकारले आधारभूत तहमा विद्यार्थी भर्नादर यस वर्ष सतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको उनले बताएका छन् ।

प्रकाशित : 29 May 2021 5:57 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ