सरकारी कर्मचारीको तलव बढ्यो, पत्रकारलाई ७ लाखको दुर्घटना बिमा


काठमाडौं : सरकारले सरकारी कर्मचारीको तलव २ हजार रुपैयाँले वृद्धि गरेको छ । अर्थमन्त्रीले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत गरेको आय–व्यय विवरणमा सबै राष्ट्रसेवक कर्मचारीको तलव दुई हजार रुपैयाँले वृद्धि गरेको जानकारी दिए ।

सरकारले श्रमजिवी पत्रकारका लागि ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा गर्ने घोषणा गरेको छ । अर्थमन्त्री पौडेलले उक्त बीमा प्रिमियमको ५० प्रतिशत रकम सरकारले व्यहोर्ने जानकारी दिए ।

साथै नेपाल पत्रकार महासंघको सदस्य रहेका र प्रेस काउन्सिल नेपालको उपचार सुविधा परिचय पत्र पाएका पत्रकारको देशभरका सरकारी अस्पतालमा निःशुल्क उपचार हुने उनले जानकारी दिए ।

प्रकाशित : 29 May 2021 6:27 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ