जनकपुर- जयनगर रेल अगामी वर्षदेखि मात्र चल्ने


काठमाडौं : सरकारले रेलवे निर्माणका लागि १० अर्ब ३ करोड रुपैयाँ विनियोजन गरेको छ । शनिबार बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले यो जानकारी गराएका हुन् ।

आगामी वर्ष जयनगर-जकपुर- कुर्था- विजलपुरा र जोगबनी- विराटनगर क्षेत्रमा रेल सेवा सञ्चालन गरिने पौडेलले बताए । बर्दिबास स्टेशनको निर्माण कार्य प्रारम्भ गरिने उनले बताए । यस्तै, अन्तराष्ट्रिय परामर्शदाता नियुक्त गरी काठमाडौं उपत्यकामा मेट्रो रेल र सहरी केबुलकार सञ्चालनको संभाव्यता अध्ययन गरिने मन्त्री पौडेलको भनाइ छ ।

पूर्व-पश्चिम रेलमार्गअन्तर्गत बर्दिबास निजगढ खण्डको ट्र्याक निर्माण कार्य यसै वर्ष सम्पन्न गर्ने सरकारको योजना रहेको छ । काँकडभिट्टा- इनरुवामा जग्गा अधिग्रहण गरी रेलवे निर्माण गरिने उनले बताए ।

यस्तै, निजगढ अमपरामपुरी खण्डको विस्तृत परियोजना प्रतिवेदन तयार गरिने सरकारको योजना छ । रेलवे निर्माणका लागि वित्तीय प्रबन्ध गर्दै बाँकी क्षेत्रको निर्माण अघि बढाइने मन्त्री पौडेलले बताए ।

प्रकाशित : 29 May 2021 7:18 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ