मौसम अपडेट : कतै मेघगर्जन, कतै चट्याङ्गसहित बर्षा हुने


काठमाडौं : देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव छ ।

देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार अहिले प्रदेश १ लगायत पहाडी भु-भागमा आंशिक बदली र देशका अन्य भू-भागहरु मौसम सामान्यतया सफा रहेको छ ।

देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकाले सर्तकता अपनाउन अनुरोध समेत गरिएको छ ।

प्रकाशित : 2 June 2021 10:24 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ