प्रदेश २ : प्रदेशसभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची


जनकपुरधाम : प्रदेशसभाको छैठा अधिवेशनको पहिलो बैठक आज बस्दैछ । यो बजेट अधिवेशन पनि हो । बैठकमा सबभन्दा पहिले सभामुख सरोज कुमार यादवले प्रदेश प्रमुखबाट प्राप्त छैठौं अधिवेशन आह्वान सम्बन्धी पत्र र पाँचौं अधिवेशन अन्त्य सम्बन्धी पत्र पढेर सुनाउने छन् ।

यस्तै छैठो अधिवेशन प्रारम्भको अवसरमा दलका प्रतिनिधिहरुले आ–आफ्नो भनाई राख्नेछन् । त्यसपछि आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवल विनियोजन विधेयक २०७८ को सिद्धान्त, उदेश्य, प्राथकिता तथा प्रमुख नीति सभामा प्रस्तुत गरिने बताइएको छ ।

प्रकाशित : 7 June 2021 1:03 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ