धनुषामा एकैदिन चार कोरोना संक्रमितको मृत्यु


जनकपुरधाम : कोरोना संक्रमणदर घटेको भन्दै निषेधाज्ञा खुकुलो पारेलगत्तै धनुषामा कोरोना संक्रमणका कारण चार जनाको मृत्यु भएको छ । कोरानाबाट मृत्यु हुनेमा चारैजना ६० वर्षमाथिका पुरुष हुन् ।

मिथिला नगरपालिका १० का ७४ वर्षीय, सबैला नगरपालिका १२ का ६५ वर्षीय, क्षिरेश्वरनाथ नगरपालिका ८ का ६५ वर्षीय र जनकपुरधाम उपमहानगरपालिका १४ का ६० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

योसहित धनुषामा कोरोनाबाट मृत्यु हुनेको संख्या १०२ पुगेको छ । हाल सक्रिय संक्रमित ९०७ जना छन् । जसमध्ये २० जनाको आइसीयूमा उपचार जारी छ ।

निषेधाज्ञा जारी भएपनि धनुषामा सार्वजनिक यातायातबाहेक सबै सवारी गुड्न थालेका छन् । करिब ६० प्रतिशत पसलसमेत सञ्चालनमा आइसकेका छन् । प्रशासनले भने बिहान ११ बजेसम्म अत्यावश्यक सामग्रीको पसल मात्र खोल्न भनेको छ ।

प्रकाशित : 16 June 2021 5:18 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ