गृहजिल्ला आउंदै उद्योगमन्त्री यादव, भव्य स्वागतको तयारी


सिरहा । जनता समाजवादी पार्टीका प्रभावशाली नेता एवं नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादव शुक्रबार गृहजिल्ला सिरहा आउने भएका छन् ।

मन्त्रीको रूपमा जिम्मेवारी सम्हालेपछि पहिलोपटक उनी गृहजिल्ला सिरहा आउन लागेका हुन् । गृहजिल्ला आउन लागेका मन्त्री यादवलाई जिल्लामा भव्य स्वागतको तयारी गरिएको छ ।

मन्त्री यादव भोलि विहान ११ बजे जिल्ला आइपुग्ने उनको सचिवालयले जनाएको छ । मन्त्री यादवको स्वागतका लागि जिल्लाका नेता तथा कार्यकर्ता कमला पुलसम्मै पुग्ने कार्यक्रम रहेकोे जनाइएको छ ।

प्रकाशित : 17 June 2021 8:43 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ