मंत्री अरगरियाले गरे कमला पुलको निरीक्षण, १५ दिनभित्रै संचालनमा आउने


जनकपुरधाम : धनुषा-सिरहा जोड्ने कमला नदीको पुल निर्माण अन्तिम चरणमा पुगेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मंत्री उमाशंकर अरगरियाले आज निर्माणाधिन पुलको निरीक्षण गरेका हुन् ।

निरीक्षणमा पुगेका मंत्री अरगरिया समक्ष ठेकेदार कम्पनीका ईन्जिनियरले १५ दिनभित्रै पुल संचालनमा आउने प्रतिबद्धता जनाएका छन् । मंत्री अरगरियाले यो पुल संचालनमा आएपछि सिरहा र सप्तरीका लाखौं जनता लाभान्वित हुने बताए ।

उनले नदीमा मजबुत तटबन्ध निर्माणका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन् । धनुषा क्षेत्र २ बाट सांसदमा निर्वाचित मंत्री अरगरियाकै क्षेत्रमा उक्त पुल पर्छ ।

प्रकाशित : 18 June 2021 2:58 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ