प्रहरीसंगको लफडापछि चर्चामा आएकी ज्वाला संग्रौलासहित ५ जना पक्राउ


काठमाडौं : सामाजिक अभियन्ताका नाममा विभिन्न घटनामा विवादित बनेकी ज्वाला संग्रौलासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी बृत्त गौशाला भित्रै खुश्वु घिमिरेमाथि कुटपिट गरेको घटनामा अनुसन्धानका लागि संग्रौलासहितकालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले संग्रौलासहित उनको समूहका शर्मिला वाइवा र हिमालय उपाध्यायलाई पक्राउ गरिएको बताए ।

उक्त कुटपिटको घट्नामा मुछिएका शुनिल खत्री र सुमन चित्रकारलाई पनि पक्राउ गरिएको बस्नेतले जानकारी दिए । संग्रौलाले यसअघि महाराजगञ्जमा प्रहरी सहायक निरीक्षक मणिकान्त झासँग पनि लफडा गरेकी थिइन् ।

प्रकाशित : 20 June 2021 8:07 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ