माओवादी साँसद यादवले भने– प्रदेश २ को नाम ‘मधेस प्रदेश’ राखौं


जनकपुरधाम । प्रदेश २ को नाम मधेस प्रदेश राख्न सत्तारुढ दल नेकपा माओवादी केन्द्र पनि सहमत देखिएको छ । माओवादी सांसद जगत यादवले प्रदेशको नाम ‘मधेस प्रदेश’ राख्न प्रस्ताव गरेका हुन् ।

प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठकमा बोल्दै माओवादी प्रदेश २ का उपनेतासमेत रहेका उनले भने, ‘प्रदेशको नामाकरण पहिचानसहितको हुनुपर्छ । त्यसैले मधेस नाम राखौं ।’ उनले सहिदहरुले प्राण त्याग्ने बेलामा पनि ‘मधेस जिन्दावाद, मधेस जिन्दावाद’ भनेको बिर्सन नहुने भन्दै प्रदेशको नाम ‘मधेस’ राख्नुपर्ने बताए ।

उनले मधेस प्रदेश नाम राखेपछि मात्र आन्दोलनका सहिद, घाइते तथा अपांगहरुको सपना पूरा हुने बताए । उनले प्रदेशको राजधानी पनि बृहत् जनकपुरधाम हुनपर्नेमा जोड दिए । उनले राजधानी र नामको टुंगो लगाएर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था पनि बचाउनुपर्ने बताए ।

उनले मुख्यमन्त्री कार्यालयमा साइकल खरिदमा भ्रष्टाचार भएको भनेर अख्तियारले छापा मारेकोप्रति आपत्ति जनाए । उनले प्रतिगमनकारीबाट परिचालितहरुले मुख्यमन्त्री र प्रदेश सरकारलाई बदनाम गर्न छापामारी गरेको बताए ।

प्रकाशित : 15 December 2021 2:04 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ